Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • १५ मिनेटका लागि स्थगित प्रतिनिधिसभा बैठक अझै सुरु भएन

    १५ मिनेटका लागि स्थगित प्रतिनिधिसभा बैठक अझै सुरु भएन

    अनलाइन नेपाल
  • शुक्रबार, २ चैत्र २०८०
  • 321
    SHARES

    काठमाडौं । १५ मिनेटका लागि स्थगित भएको प्रतिनिधिसभा बैठक झण्डै दुई घण्टासम्म सुरु हुन सकेको छैन ।

    प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका लागि रुलिङ हुनुपर्ने माग गर्दै कांग्रेसले अवरोध गरेपछि स्थगित भएको प्रतिनिधि सभाको बैठक झण्डै दुई घण्टासम्म सुरु भएको छैन ।



    रवि लामिछाने गृहमन्त्रामा स्वार्थ बाझिने भनी कांग्रेसले प्रश्न उठाउँदै आएको छ । सहकारी ठगीको अनुसन्धानको घेरामा रहेका लामिछानेलाई गृहमन्त्री बनाएको भनी कांग्रेसले प्रधानमन्त्री प्रचण्डको जवाफ मागेको छ ।



    दुई घण्टाभन्दा बढी समयसम्म सुरु हुन नसके प्रतिनिधिसभाको बैठक स्वतः स्थगित हुने प्रतिनिधि सभा नियमावलीमा छ ।

    प्रतिनिधि सभाका शुक्रबार राजनीतिक दल सम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावमाथि छलफल गर्ने कार्यसूची थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार