Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • राजनीतिक नियुक्तिमा परिवारवादलाई निषेध गर्ने रास्वपाको निर्णय

    राजनीतिक नियुक्तिमा परिवारवादलाई निषेध गर्ने रास्वपाको निर्णय

    अनलाइन नेपाल
  • आइतबार, ४ चैत्र २०८०
  • 291
    SHARES

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले राजनीतिक नियुक्तिमा परिवारवादलाई पूर्ण निषेध गर्ने निर्णय गरेको छ।

    आइतबार बिहान बसेको बैठकले समावेशीतालाई मध्यनजर गरि मेरिटोक्रेसीका आधारमा नियुक्ति अघि बढाउने निर्णय गरेको हो ।



    बैठकमा मन्त्रालयहरूको एक हप्ताको काम, अनुभव , कमजोरीलाई समिक्षा गरिएको छ। मन्त्रालयका बजेट, नीति कार्यक्रम र तत्कालका लागी संसोधन गर्न पर्ने नियम एवं साझा न्युनतम कार्यक्रमका बारेमा छलफल गरिएको रास्वपाले जनाएको छ ।



    त्यसैगरी मन्त्रालयहरूलाई सहयोग गर्न विज्ञ र अनुभविहरूको सघाउ समूह बनाउने निर्णय भएको छ।

    सरूवा, बढूवा तथा नियुक्तिको अनुचित सिफारिस गर्नेलाई पार्टीले साधारण सदस्यता समेत खारेजसम्म गर्न सकिने निर्णय भएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार