Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • देश चलाउने मौका पाए भ्रष्टाचारीमाथि डोजर चलाउँछु : राजेन्द्र लिङ्देन

    देश चलाउने मौका पाए भ्रष्टाचारीमाथि डोजर चलाउँछु : राजेन्द्र लिङ्देन

    अनलाइन नेपाल
  • शुक्रबार, ९ चैत्र २०८०
  • 252
    SHARES

    सप्तरी । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले आफूहरूले देश चलाउने मौका पाए भ्रष्टाचारीमाथि डोजर चलाउने बताएका छन् ।

    सप्तरीको राजविराजमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष लिङ्देनले यस्तो बताएका हुन् । उनले जनतामा राजनीति र नेतृत्वप्रति वितृष्णा बढेको बताए ।



    सार्वजनिक पद धारण गरेका ब्यक्तीलाई अभियोग लागेपछि त्यसको सफाइ दिनुपर्ने बताए ।



    अध्यक्ष लिङ्देनले भने,‘देश चलाउने मौका हामीले पाए भ्रष्टाचारीमाथि डोजर चलाउँथ्यौँ ।सरकारका गठबन्धनका लागि निर्माण भएको गठबन्धन स्वार्थ समूहको गठजोड हो ।’

    वर्तमान सता गठबन्धनलाई उनले ‘स्वार्थ समूहको गठजोड’को संज्ञा दिए ।

    अध्यक्ष लिङ्देनले संसद् बन्द गरेर सभामुख विदेश भ्रमणमा जानु नाजायज कार्य भएको आरोप लगाए ।

    अध्यक्ष लिङ्देनले संसद्को कार्यसूचीसमेत थन्काएर सभामुख विदेश भ्रमणमा जानु गलत काम भएको बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार