Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • सरकारबारे निर्णय लिन नागरिक उन्मुक्तिको बैठक टीकापुरमा

    सरकारबारे निर्णय लिन नागरिक उन्मुक्तिको बैठक टीकापुरमा

    अनलाइन नेपाल
  • बुधबार, १४ चैत्र २०८०
  • 384
    SHARES

    धनगढी । नागरिक उन्मुक्ति पार्टी (नाउपा)को संस्थापक केन्द्रीय सदस्यहरुको बैठक कैलालीको टीकापुरमा सुरु भएको छ ।

    सरकारमा सहभागिताको विषयमा छलफल गर्न नागरिक उन्मुक्ति पार्टीको बैठक बसेको हो ।



    पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीको अध्यक्षतामा नाउपाका संस्थापक र सांसदहरुको बैठक बसिरहेको छ ।



    बैठकमा संस्थापक २१ जना र सांसद १६ जना सहभागी छन् । संरक्षक रेशम चौधरी भने विदेशमा रहेकाले यो बैठकमा सहभागी छैनन्।

    यो बैठकले सुदूरपश्चिम र लुम्बिनी प्रदेश सरकारमा सहभागी हुने कि नहुने भन्नेबारे निर्णय लिने छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार