Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • रास्वपाबाट इलाम-२ को उपनिर्वाचनमा ६ जना प्रारम्भिक उम्मेदवार

    रास्वपाबाट इलाम-२ को उपनिर्वाचनमा ६ जना प्रारम्भिक उम्मेदवार

    अनलाइन नेपाल
  • बुधबार, १४ चैत्र २०८०
  • 789
    SHARES

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले इलाम–२ को उपनिर्वाचनका लागि प्रारम्भिक उम्मेदवारको नामावली सार्वजनिक गरेको छ ।

    रास्वपाको केन्द्रीय निर्वाचन आयोगका सचिव भूमिनन्द बरालले बुधबार ६ जना आकांक्षीको नाम सार्वजनिक गरेका हुन् ।



    जसमा गोकुल बहादुर राई, जमुना शर्मा, महेन्द्र कुमार थापा, मान बहादुर घिमिरे, मिलन लिम्बु र डा. शेषरमण न्यौपाने रहेका छन् ।



    चुनावमा भाग लिने उमेदवार चयन गर्न पार्टीको विधानको धारा ७१ बमोजिम सञ्चालन गरिने प्रारम्भिक निर्वाचनमा भाग लिन उनीहरूले उम्मेदवारी दिएका थिए ।

    रास्वपाले प्रारम्भिक उमेदवारी उपरको दाबी विरोध गर्ने समय मिति भोलि दिउँसो १ बजेसम्म निर्धारण गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार