Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति देउवाबीच भेटवार्ता

    प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति देउवाबीच भेटवार्ता

    अनलाइन नेपाल
  • बिहिबार, १५ चैत्र २०८०
  • 513
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।

    प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति देउवाबीच बिहीबार बिहान बालुवाटारमा भेटवार्ता भएको हो । बालुवाटारमा भएको भेटमा संसदमा जारी गतिरोध अन्त्य गर्ने विषयमा छलफल भएको छ।



    साथै सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयक पारित गरेर लैजाने विषयमा छलफल भएको स्रोतले बतायो ।



    कांग्रेसले गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी गरेको आरोप लगाएर संसदीय छानबिन समिति गठनको माग गर्दै प्रतिनिधि सभामा अवरोध गर्दै आएको छ ।

    प्रतिनिधिसभा अन्तर्गत रहेको कानुन न्याय र मानवअधिकार समितिमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक विचाराधीन अवस्थामा छ ।

    सरकारले कांग्रेस, एमाले सहितका दलहरूको सर्वसम्मतिमा विधेयक पास गराउन विगतदेखि पहल गर्दै आइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार