Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • प्रधानमन्त्री प्रचण्डले भने – महिला सशक्तीकरणको क्षेत्रमा अझै काम गर्न बाँकी छ

    प्रधानमन्त्री प्रचण्डले भने – महिला सशक्तीकरणको क्षेत्रमा अझै काम गर्न बाँकी छ

    अनलाइन नेपाल
  • शुक्रबार, १६ चैत्र २०८०
  • 252
    SHARES

    हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला सशक्तीकरणको क्षेत्रमा अझै धेरै काम गर्न बाँकी रहेको बताएका छन् ।

    नेपाली महिला उद्यमी महासंघले हेटौंडामा आयोजना गरेको सातौँ अन्तर्राष्ट्रिय व्यापार मेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन्।



    प्रधानमन्त्री प्रचण्डले विगतको तुलनामा महिलाहरुको अवस्था सुदृढ हुँदै गए पनि सन्तोषजनक नरहेको बताए ।



    प्रधानमन्त्री प्रचण्डले भने,‘विगतसँग तुलना गर्ने हो भने नेपाली महिलाको अवस्था क्रमशः सुदृढ हुँदै गएको छ । तर यो प्रगतिमा सन्तुष्ट हुन सकिने अवस्था अझै छै । जुन काम सरकारले र राष्ट्रले मात्र गरेर सम्भव हुँदैन । यसमा सबैको हातेमालो आवश्यक छ।’

    आजको समयमा सशक्तीकरण शक्तिसँग जोडिन गएको भन्दै त्यसमा महिला उद्यमीको भूमिका महत्वपूर्ण रहेको बताए ।

    आजको समयमा अर्थतन्त्रसँग नजोडिकन साँचो अर्थमा सशक्तीकरण हुन नसक्ने उनको भनाइ थियो ।

    प्रधानमन्त्री प्रचण्डले महिला सशक्तिकरणको सबैभन्दा प्रमुख आधार आर्थिक सवलीकरण भएको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार