Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • राजश्व छलीका गाडीसहित तीन जना पक्राउ

    राजश्व छलीका गाडीसहित तीन जना पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, १६ चैत्र २०८०
  • 324
    SHARES

    फाइल तस्विर

    काठमाडौं । राजश्व छलीका गाडी र मोटरसाइकलसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेहरूमा काठमाडौं नागार्जुन नगरपालिका–७ रामकोट घर भई कीर्तिपुर नगरपालिका–२ बस्ने किशोर गिरी, धादिङ धुनिबेशी नगरपालिका–७ घर भई भक्तपुर सल्लाघारी बस्ने प्रविन गिरी र काभ्रेपलान्चोक महाभारत गाउँपालिका–२ घर भई भक्तपुर नगरपालिका–६ बस्ने रमेश गिरी रहेका छन् ।



    गाडी तथा मोटरसाइकलहरू भन्सार छली चोरी पैठारी गरी कारोबार भइरहेको भन्ने सूचनाका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।



    साथै भक्तपुरका विभिन्न स्थानहरूमा गाडी तथा मोटरसाइकलहरू भन्सार छली चोरी पैठारी गरी भारतबाट नेपाल ल्याई ड्राईभिङ सेन्टरमा प्रयोग गरेको गाडी १ थान र मोटरसाइकल २ थान समेत प्रहरीले बरामद गरेको छ ।

    पक्राउ परेकाहरूलाई आवश्यक कारबाहीको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचर पठाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार