Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • आयरल्याण्ड वुल्भ्सविरुद्ध टस हारेर ब्याटिङ गर्दै नेपाल

    आयरल्याण्ड वुल्भ्सविरुद्ध टस हारेर ब्याटिङ गर्दै नेपाल

    अनलाइन नेपाल
  • सोमबार, १९ चैत्र २०८०
  • 309
    SHARES

    काठमाडौं । नेपाल ‘ए’ले अन्तिम टी-२० अभ्यास खेलमा आयरल्याण्ड वुल्भ्ससँग टस हारेको छ।

    त्रिवि क्रिकेट मैदानमा भएको टसमा आयरल्याण्डका कप्तान निल रकले जितेर पहिला फिल्डिङ रोजेका छन् । नेपालले ब्याटिङको निम्तो पाएको छ ।



    नेपालले आज युवा हिटर नारायण जोशीलाई मौका दिएको छ । नेपालले आज किरण ठगुन्नालाई बाहिर राख्दै नारायणलाई मौका दिएको हो ।



    नेपाल ए पहिलो खेलमा २१ रन र दोस्रो खेलमा ४० रनले पराजित भएको थियो ।

    सिरिज गुमाइसकेको नेपाल अन्तिम खेलमा जितका साथ क्लिनस्विप हुनबाट बच्न चाहन्छ ।

    दुवै खेलमा नेपालको मध्यक्रम र तल्लोक्रम ब्याटिङ नचल्दा पराजित भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार