Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • कांग्रेस सभापति देउवाले भने – गृहमन्त्री लामिछानेमाथि छानबिन गर्न समिति गठन गर्नैपर्छ

    कांग्रेस सभापति देउवाले भने – गृहमन्त्री लामिछानेमाथि छानबिन गर्न समिति गठन गर्नैपर्छ

    अनलाइन नेपाल
  • मंगलबार, २७ चैत्र २०८०
  • 453
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन हुनै पर्ने बताएका छन्।

    नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बसेको पार्टीको संसदीय दलको बैठकमा बोल्दै सभापति देउवाले यस्तो बताएका हुन् ।



    सभापति देउवाले लामिछानेविरुद्ध धेरै प्रमाण भएको भन्दै संसदीय छानबिन हुनुपर्ने बताए।



    सभापति देउवाले भने,‘रवि लामिछानेविरूद्ध यति धेरै प्रमाण छन् । लाखौं ठगिएका छन् । न्याय दिनुपर्छ, हामी लाग्नुपर्छ । संसदीय छानबिन समिति बन्नै पर्छ।’

    गृहमन्त्री लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएको भन्दै कांग्रेसले संसदमा प्रश्न गरिरहेको छ ।

    कांग्रेसले संसदीय छानबिन समिति गठन नभए संसद चल्न नदिने चेतावनी समेत दिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार