Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • अब पार्टीलाई एकढिक्का बनाएर लैजान्छु : सभापति देउवा

    अब पार्टीलाई एकढिक्का बनाएर लैजान्छु : सभापति देउवा

    अनलाइन नेपाल
  • बुधबार, २८ चैत्र २०८०
  • 303
    SHARES

    बुटवल । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई एकढिक्का बनाएर लैजाने बताएका छन्।

    नेपाली कांग्रेस क्षेत्र.३ रुपन्देहीको आयोजनामा बुधबार भैरहवामा आयोजित कार्यकर्ता भेटघाटमा बोल्दै सभापति देउवाले यस्तो बताएका हुन् ।



    सभापति देउवाले विगतमा पार्टीभित्र आन्तरिक समस्या देखिए पनि अब पार्टी एकढिक्का बनाएर लैजाने बताए ।



    भैरहवामा निर्माण भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरुपमा सञ्चालन हुन नसक्नु दुःखद रहेको भन्दै उनले यसका लागि आफूले पहल गर्ने बताए ।

    विमानस्थल बनेको लामो समयसम्म सञ्चालनमा आउन नसक्नु बिडम्बना भन्दै देउवाले सञ्चालनका लागि सरकारको ध्यानाकर्षण गराउने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार