Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • सामाजिक सुरक्षा योजना : आठ अर्ब ५६ करोड भुक्तानी

    सामाजिक सुरक्षा योजना : आठ अर्ब ५६ करोड भुक्तानी

    अनलाइन नेपाल
  • आइतबार, २ बैशाख २०८१
  • 291
    SHARES

    काठमाडौं । सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा योजना अन्तर्गत आठ अर्ब ५६ करोड रुपियाँ भुक्तानी गरेको छ ।

    योगदानमा सुरक्षा योजना लागु गरेको पाँच वर्षको अवधिमा ५२ अर्ब ८९ करोड रुपियाँ सङ्कलन गरेको कोषले विभिन्न चार वटा योजनाका लागि कोषमा सङ्कलित रकमको १५ प्रतिशत भुक्तानी गरेको हो ।



    सामाजिक सुरक्षा कोषका अनुसार सुरक्षा योजना अन्तर्गतका विभिन्न श्रमिक तथा उनीहरूका परिवारलाई दिएको भुक्तानीमा आठ अर्ब ५६ करोड रुपियाँ खर्च भएको छ ।



    कोषले विभिन्न चार योजनामा यस्तो भुक्तानी दिने गरेको छ । कोषका सूचना अधिकारी उत्तमराज नेपालले कोषमा सङ्कलन भएको रकमबाट मागदाबी अनुसार रकम भुक्तानी भएको बताए। गोरखापत्रबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार