Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • महिला मन्त्रालयमा पुरुषको वर्चस्व

    महिला मन्त्रालयमा पुरुषको वर्चस्व

    अनलाइन नेपाल
  • आइतबार, २ बैशाख २०८१
  • 270
    SHARES

    काठमाडौँ । महिला सशक्तीकरण तथा उत्थानसमेतका लागि स्थापना गरिएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको नेतृत्वको जिम्मेवारीमा प्रायः पुरुष हाबी हुने देखिएको छ ।

    मन्त्रालय स्थापना भएको २८ बर्से अवधिको तथ्याङ्कमा यस्तो देखिएको हो । २०५२ सालमा स्थापना भएको मन्त्रालयमा हालसम्म ५० जना मन्त्री भएका छन् । तीमध्ये १५ जना मात्र महिला छन् । मन्त्रालयमा कर्मचारीतर्फको नेतृत्वमा पनि अधिकांश पुरुष नै हाबी हुने गरेको देखिन्छ ।



    यस अवधिमा लीला कोइराला, सहाना प्रधान, अष्टलक्ष्मी शाक्य, दुर्गा श्रेष्ठ, जयपुरी घर्तीमगर, ऋद्धिबाबा प्रधान, नीलम केसी, आशा कोइराला, थममाया थापामगर, जुलीकुमारी महतो, चन्दा चौधरी, उमा रेग्मी र भगवती चौधरीबाहेकका सबै पुरुष मन्त्री भए । महतो र चौधरीले दोहो¥याएर मन्त्री हुने अवसर पाए ।



    वर्तमान महिलामन्त्री नेपाल कम्युनिस्ट पार्टी (एमाले) बाट भगवती चौधरी छन् । उनी यसअघि २०७९ साल पुस ३ देखि फागुन १५ सम्म सो जिम्मेवारीमा थिइन् ।

    राज्यमन्त्री र सहायकमन्त्री १९ जना भएकामध्ये १० जना महिला थिए। अन्य नौ जना पुरुष राज्यमन्त्री र सहायकमन्त्री भएका थिए । राज्यका हरेक निकायमा ३३ प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित हुनुपर्ने आवाज उठ्ने गरे पनि राजनीतिक दलहरूले महिलाको उचित प्रतिनिधित्व गराउने गरेका छैनन्। गोरखापत्रबाट

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार