Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • कञ्चनरूपमा भएको आगलागीबाट २४ घर जलेर नष्ट

    कञ्चनरूपमा भएको आगलागीबाट २४ घर जलेर नष्ट

    अनलाइन नेपाल
  • सोमबार, १० बैशाख २०८१
  • 663
    SHARES

    फाइल तस्विर

    राजविराज । सप्तरीको कञ्चनरूप नगरपालिका–५ पडेमराको सरदार टोलमा आज भएको आगलागीमा २४ वटा घर जलेर नष्ट भएका छन् ।

    स्थानीय लालमोहन सरदारको गाई गोठमा बालेको आगोबाट आगलागी सुरु भएको जनाइएको छ । आगलागीबाट १२ परिवारका २४ वटा घर पूर्णरूपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।



    आगलागीबाट आशा सरदारका दुईवटा, लालबहादुर सरदारका दुईवटा, बिजुली सरदारका तीनवटा, बुटु सरदारका दुईवटा, करण चौधरी र समुन्द्री सरदारसहित १२ परिवारका २४ वटा घर जलेका हुन् ।



    आगलागीबाट घरमा भएका अन्नपात, लत्ताकपडा र दुई वटा बाख्रासहित २५ लाख बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

    कञ्चनपुर, हनुमाननगर र राजविराज नगरपालिका तथा नेपाल प्रहरीको गरी चारवटा दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दुण्डीराज न्यौपानेले जानकारी दिए ।

    वैशाखमा अत्याधिक हावाहुरीका कारण आगलागीको घटनामा वृद्धि भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार