Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • नेपाल आउने वेस्टइन्डिज ‘ए’ टोली घोषणा

    नेपाल आउने वेस्टइन्डिज ‘ए’ टोली घोषणा

    अनलाइन नेपाल
  • मंगलबार, ११ बैशाख २०८१
  • 1.1K
    SHARES

    काठमाडौं । वेस्टइन्डिज क्रिकेट बोर्डले नेपालसँग पाँच टी–२० खेल खेल्ने आफ्नो ‘ए’ टोली घोषणा गरेको छ ।

    २०१६ मा टी–२० विश्वकप जित्दाका दुई स्टार ब्याटर जोनसन चार्ल्स र आन्द्र फ्लेचरसहित बलियो टोली घोषणा गरेको हो ।



    दुई पटकको टी–२० विश्वकप विजेता वेस्टइन्डिजको कप्तानी रोस्टन चेशले गर्नेछन् ।



    नेपाल र वेस्टइन्डिज ‘ए’ बीचको पहिलो खेल आगामी शनिबार हुनेछ । दोस्रो खेल आइतबार, तेस्रो खेल बुधबार, चौथो खेल बिहीबार र पाँचौं खेल शनिबार हुनेछ ।

    यस्तो छ वेस्टइन्डिजको टोली

    रोस्टन चेश, एलिक एथानाजे (उपकप्तान), फबिएन एलेन, कदीम एलियन, जोशुवा विशोप, केसी कार्टी, जोनसन चार्ल्स, मार्क दयाल, आन्द्रे फ्लेचर, म्याथ्यु फर्ड, ओबेद म्याककोय, गुडाकेश मोती, किमो पल, ओशान थोमस र हायडेन वाल्स ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार