काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले देश र नागरिकको विकास र समृद्धिका लागि काम गर्ने बताएका छन् ।
बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित बधाई ज्ञापन कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले देशमा सुशासन कायम गरी नागरिक जीवनस्तर उकास्न र अहिलेको आर्थिक अवस्थालाई सुदृढ बनाउनु पहिलो जिम्मेवारी रहेको बताए ।
साथै सुरु भएका परियोजनाहरू टुंग्याउने काम पहिलो प्राथमिकतामा रहेको पनि उनको भनाई छ ।
नेपाल एमाले काठमाडौँ महानगरपालिका कमिटी तथा मातहतका सम्पूर्ण वडा कमिटीको टोली प्रधानमन्त्री ओलीलाई बधाई दिन बालुवाटार पुगेको थियो ।