काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महरलाई कारबाही गर्न सिफारिस गरिएको छ । पार्टीको अनुशासन आयोगले स्थलगत अध्ययन सहितको छानबिनपछि महरलाई कारबाही सिफारिस गरेको हो ।
स्रोतका अनुसार महरलाई यौन शोषणको आरोप लागेको छ । यसअघि एक महिलासँगको उनको अडियो समेत सार्वजनिक भएको थियो ।
उनीमाथि आयोगका उपाध्यक्ष नेत्रप्रसाद पन्थीको नेतृत्वमा तीन सदस्यीय समितिले छानविन गरेको थियो गठन भएको थियो । समितिमा हर्कबहादुर कुँवर (गोविन्द) र दीपकप्रसाद देवकोटा सदस्य थिए ।
यस्तै सोही समितिले एमाले कर्णाली प्रदेश अध्यक्ष गुलाबजंग शाहलाई पनि कारबहाअी गर्न सिफारिस गरेको छ । उनीमाथि आर्थिक अपचलन र यौन शोषणको आरोप लागेको बताइएको छ ।
पार्टीकै एक महिलाले उजुरी दिएपछि अध्यक्ष शाहमाथि आयोगले छानबिन थालेको थियो ।