Jun 23 2026 | २०८३, आषाढ ९ गते

23 Jun 2026 | मंगलवार, आषाढ ९ गते २०८३

मंगलवार, आषाढ ९ गते २०८३
images
images

इन्सपेक्टर मिश्रलाई सेवाबाट हटाउने तयारी

इन्सपेक्टर मिश्रलाई सेवाबाट हटाउने तयारी

शुक्रवार , श्रावण २५, २०८१

काठमाडौं । गृह मन्त्रालयले प्राविधिक प्रहरी निरीक्षक (इन्सपेक्टर) डा. प्रिति मिश्रलाई कारबाही गर्ने तयारी गरेको छ ।

लामो समयसम्म कार्यालयमा अनुपस्थित भई सम्पर्कविहीन बनेपछि इन्सपेक्टर मिश्रमाथि मन्त्रालयले कारबाही प्रक्रिया अगाडी बढाएको हो । सोही अनुसार इन्सपेक्टर मिश्रको नाममा मन्त्रालयले शुक्रबार ७ दिने सूचना जारी गरेको छ ।

पर्साको साविक हरिहरपुरकी उनी नेपाल प्रहरी अस्पताल, सर्जिकल शाखामा दरबन्दी भई मधेश प्रदेश प्रहरी अस्पताल सप्तरीमा कार्यरत थिइन् ।

मन्त्रालयका अनुसार उनी गत वैशाख १० गतेदेखि १५ दिनको घर बिदा स्वीकृत गराई बिदा बसेकोमा हालसम्म पनि सम्पर्कमा आएकी छैनन् ।

बाटोको म्याद बाहेक सात दिनभित्र आफू गैरहाजिर रहनुको कारण खोली सन्तोषजनक स्पष्टीकरण सहित नआए भविष्यमा सरकारी सेवाको लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाइने मन्त्रालयको सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077