Jun 23 2026 | २०८३, आषाढ ९ गते

23 Jun 2026 | मंगलवार, आषाढ ९ गते २०८३

मंगलवार, आषाढ ९ गते २०८३
images
images

प्रधान सेनापति शर्मा आजबाट बिदामा, ४५औं सेनापति बने सिग्देल !

प्रधान सेनापति शर्मा आजबाट बिदामा, ४५औं सेनापति बने सिग्देल !

शुक्रवार , श्रावण २५, २०८१

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा आजबाट बिदामा बसेका छन् ।

प्रधानसेनापतिले अवकाश पाउनु एक महिना अघिबाट बिदामा बस्ने सैन्य अभ्यास अनुसार शर्मा शुक्रबारबाट बिदामा बसेका हुन् ।

प्रधानसेनापति शर्माले भदौ २४ गतेबाट अवकास पाउनेछन् । अर्थात् प्रधानसेनापति शर्माको तीन वर्षे कार्यकाल २०८१ भदौ २४ गते सकिनेछ । पूर्णचन्द्र थापाले अवकास पाएपछि शर्मा नेपाली सेनाको प्रधानसेनापति भएका थिए ।

शर्माले २०७८ भदौ २५ गतेबाट प्रधानसेनापतिको जिम्मेवारी सम्मालेका थिए । अब नेपाली सेनाको ४५औं सेनापतिको रुपमा बलाधिकृत रथी सिग्देल कार्यभार सम्हाल्ने छन् ।

सिग्देलले आजबाट कायममुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्न लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077