Jun 23 2026 | २०८३, आषाढ ९ गते

23 Jun 2026 | मंगलवार, आषाढ ९ गते २०८३

मंगलवार, आषाढ ९ गते २०८३
images
images

टुकुचामाथि भ्वाङ परेको सडकमा खसेर इन्स्पेक्टर घाइते

टुकुचामाथि भ्वाङ परेको सडकमा खसेर इन्स्पेक्टर घाइते

शुक्रवार , श्रावण २५, २०८१

काठमाडौं । काठमाडौं महानगरपालिकास्थित टुकुचामाथिको सडक भासिएपछि मार्किङ गर्न पुगेका एक जना प्रहरी अधिकारी घाइते भएका छन्।

दरबारमार्ग वृत्तमा कार्यरत इन्स्पेक्टर भूपेन्द्र बुढाथोकी उक्त सडक भासिएर भएको भ्वाङमा फसेर घाइते भएका हुन्।

बिहीबार राति सडक भासिएको खबर प्राप्त भएपछि मार्किङ गर्न जाने क्रममा इन्स्पेक्टर बुढाथोकी घाइते भएका थिए।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार सडकमा प्वाल परेको खबर आएपछि इन्स्पेक्टर बुढाथोकी मार्किङ गर्न पुगेका थिए।

उनको निधार र हातमा चोट लागेको छ। इन्स्पेक्टर बुढाथोकीलाई वीर अस्पताल पुर्‍याएर उपचार गराइएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077