Jun 23 2026 | २०८३, आषाढ ९ गते

23 Jun 2026 | मंगलवार, आषाढ ९ गते २०८३

मंगलवार, आषाढ ९ गते २०८३
images
images

भारतीय विदेश सचिव मिश्री आइतबार नेपाल आउँदै

भारतीय विदेश सचिव मिश्री आइतबार नेपाल आउँदै

शुक्रवार , श्रावण २५, २०८१

काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिश्री नेपाल आउने भएका छन् ।

नेपालकी परराष्ट्र सचिव सेवा लम्सालको निमन्त्रणामा मिश्री २ दिने नेपाल भ्रमणमा आउन लागेका हुन् ।

उनी साउन २७ देखि २८ गतेसम्म नेपालको औपचारिक भ्रमणमा आउन लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

‘विदेश सचिवको आगामी भ्रमणले दुई देशबीचको नियमित उच्चस्तरीय आदानप्रदानको परम्परालाई निरन्तरता दिनुका साथै छिमेकी पहिलो नीति अन्तर्गत भारतले नेपालसँगको सम्बन्धलाई दिएको प्राथमिकतालाई प्रतिबिम्बित गर्दछ,’मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077