Jun 23 2026 | २०८३, आषाढ ९ गते

23 Jun 2026 | मंगलवार, आषाढ ९ गते २०८३

मंगलवार, आषाढ ९ गते २०८३
images
images

ब्राजिलमा विमान दुर्घटना हुँदा ६२ जनाको मृत्यु

ब्राजिलमा विमान दुर्घटना हुँदा ६२ जनाको मृत्यु

शनिवार , श्रावण २६, २०८१

एजेन्सी । ब्राजिलमा विमान दुर्घटना हुँदा ६१ जनाको मृत्यु भएको छ ।

चालक दलका सदस्यबाहेक ५७ यात्रु बोकेको विमान ब्राजिलको साओ पाउलो भन्ने ठाउँमा शुक्रबार दुर्घटना भएको हो ।

दुर्घटनामा विमानमा सवार सबैको मृत्यु भएको बताइएको छ । एटीआर ७२-५०० विमानमा ५७ यात्रु तथा ४ जना चालक दलका सदस्य रहेका थिए ।

दुई इन्जिन भएको टर्बोप्रप विमान दक्षिणी राज्य परानाको कास्केभेलबाट साओ पाउलो शहरका लागि उडेको थियो ।

दुर्घटनापछि ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले तीन दिने शोकको घोषणा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077