काठमाडौं । भारतको विदेश मन्त्रालयका सचिव विक्रम मिश्री र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ ।
नेपालको दुईदिने औपचारिक भ्रमणमा रहेका विदेशसचिव मिश्रीले दाहाल निवास खुमलटार पुगेर उनीसँग भेटवार्ता गरेका हुन् ।
भेटमा दुई देशबीचको आपसी हित एवं पारस्पारिक सम्बन्ध अभिवृद्धि गर्ने विषयमा महत्त्वपूर्ण कुराकानी भएको प्रचण्डको सचिवालयले जनाएको छ ।
मिश्रीले आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि भेटवार्ता गरेका थिए ।