Jun 23 2026 | २०८३, आषाढ ९ गते

23 Jun 2026 | मंगलवार, आषाढ ९ गते २०८३

मंगलवार, आषाढ ९ गते २०८३
images
images

कांग्रेस र एमालेसहितका १० दलसँग झुके हर्क साम्पाङ, भयो मूल्यवृद्धि फिर्ताको सहमति !

कांग्रेस र एमालेसहितका १० दलसँग झुके हर्क साम्पाङ, भयो मूल्यवृद्धि फिर्ताको सहमति !

आइतवार , श्रावण २७, २०८१

धरान । नेपाली कांग्रेस र नेकपा एमालेसहितका १० दलको आन्दोलनपछि धरान उपमहानगरपालिकामा खानेपानीको महसुस वृद्धि फिर्ता गर्ने सहमति भएको छ ।

आइतबार मेयर हर्क साम्पाङले दलहरूलाई वार्ताका लागि बोलाइएको बैठकमा सो सहमति भएको हो । मेयर साम्पाङ, १० दलका प्रतिनिधि र वडाध्यक्ष बीच ३ बुँदे सहमति भएको पनि उनले बताए।

मेयर साम्पाङले खानेपानीको महसुल वृद्धि गरेपछि कांग्रेस, एमाले लगायतका १० दलले कडा आन्दोलन गरेका थिए । सो आन्दोलन चर्किएपछि आइतबार मेयर साम्पाङले दलहरूलाई आज वार्ताका लागि बोलाएका थिए ।

वार्तामा खानेपानीको महसुल यथावत् राख्ने सहमति भएपछि दलहरूको आन्दोलन स्थगित भएको बताइएको छ ।

दुई पक्षीय वार्तामा वृद्धि गरिएको खानेपानीको मूल्य वृद्धि फिर्ता लिएर यथावत् राख्ने खानेपानी व्यवस्थापन बोर्डलाई पूर्णता दिन उच्च अदालतको फैसला पर्खने र ७ दिनभित्र खानेपानी व्यवस्थापन बोर्डको हिसाब सार्वजनिक गर्ने सहमति भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077