Jun 23 2026 | २०८३, आषाढ ९ गते

23 Jun 2026 | मंगलवार, आषाढ ९ गते २०८३

मंगलवार, आषाढ ९ गते २०८३
images
images

गृहमन्त्री लेखक र भारतीय विदेश सचिव मिस्रीबीच शिष्टाचार भेट

गृहमन्त्री लेखक र भारतीय विदेश सचिव मिस्रीबीच शिष्टाचार भेट

सोमवार , श्रावण २८, २०८१

काठमाडौं । दुई दिने नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीले गृहमन्त्री रमेश लेखकसँग भेटवार्ता गरेका छन् ।

विदेश सचिव मिस्रीले गृहमन्त्री लेखकसँग आज विहान ११ बजे गृहमन्त्रालयमा शिष्टाचार भेटवार्ता गरेका हुन् ।

भेटमा गृहमन्त्री लेखकले दुई देशबीच सधैँ सौहार्दपूर्ण सम्बन्ध रहिआएको र आगामी दिनमा सम्बन्ध थप विस्तार र सुदृढ हुने विश्वास व्यक्त गरेका थिए।

उनले नेपालको पूर्वाधार विकासलगायत क्षेत्रमा भारत महत्वपूर्ण विकास साझेदार रहेको बताए ।

गत असार १४ गते भारतको विदेश सचिवमा नियुक्त भएका मिश्रि पहिलोपटक नेपाल भ्रमणमा आएका हुन्।

उनी विदेश सचिव भएपछि यसअघि भुटानको भ्रमण गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077