Jun 23 2026 | २०८३, आषाढ ९ गते

23 Jun 2026 | मंगलवार, आषाढ ९ गते २०८३

मंगलवार, आषाढ ९ गते २०८३
images
images

चाँदबाग स्कुल दुई दिनभित्र खाली गर्न काठमाडौं महानगरले दियो अल्टिमेटम

चाँदबाग स्कुल दुई दिनभित्र खाली गर्न काठमाडौं महानगरले दियो अल्टिमेटम

सोमवार , श्रावण २८, २०८१

काठमाडौं । काठमाडौं महानगरपालिकाले अतिक्रमित जग्गा खाली गर्न चाँदबाग स्कुललाई २ दिनको अल्टिमेटम दिएको छ ।

काठमाडौं महानगरपालिका-३ मा रहेको चाँदबाग स्कुलले १० रोपनी सार्वजनिक जग्गा अतिक्रमण गरेको भन्दै जग्गा खाली गर्न २ दिनको अल्टिमेटम दिएको हो।

सार्वजनिक जग्गा संरक्षण अभियानमा जुटेको महानगरले नगर प्रहरीमार्फत माइकिङ गराउँदै अतिक्रमित जग्गा दुई दिनभित्र खाली गर्न स्कुललाई निर्देशन दिएको छ।

बाँसबारी छालाजुत्ता कारखानाका तत्कालीन अध्यक्षको निर्णयको भरमा ६ भदौ २०४४ मा ६ रोपनी र १८ मंसिरमा थप ४ रोपनी गरी कित्ता नम्बर ५० को १० रोपनी जग्गा च्याम्पियन फुटवेयरको नाममा लगिएको थियो ।

तर, ९ चैत २०८० मा बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा सरकारको नाममा आएको थियो ।

भूमिसुधार तथा मालपोत कार्यालय डिल्लीबजारले ८ साउन २०८१ मा ३ नम्बर वडालाई सो जग्गाको स्रेस्ता उतारेर दिएको थियो। स्रेस्ता पाएपछि महानगरपालिकाले चाँदबाद स्कुललाई हट्न भनेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077