Jun 23 2026 | २०८३, आषाढ ९ गते

23 Jun 2026 | मंगलवार, आषाढ ९ गते २०८३

मंगलवार, आषाढ ९ गते २०८३
images
images

राष्ट्रपतिदेखि मन्त्रीसम्म भेटेर स्वदेश फर्किए भारतीय विदेश सचिव मिश्री

राष्ट्रपतिदेखि मन्त्रीसम्म भेटेर स्वदेश फर्किए भारतीय विदेश सचिव मिश्री

सोमवार , श्रावण २८, २०८१

काठमाडौं । नेपालको दुईदिने भ्रमण सम्पन्न गरी भारतीय विदेश सचिव विक्रम मिश्री सोमबार साँझ स्वदेश फर्किएका छन् । विदेश सचिव मिश्री आइतबार बिहान नेपाल आएका थिए ।

३२ घण्टा नेपाल बसाइँका क्रममा उनले नेपालका राष्ट्रपति, प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री, चार बहालवाला मन्त्री र परराष्ट्र सचिवसँग छुट्टाछुट्टै भेटवार्ता गरी फर्किएका छन् ।

उनले आइतबार राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शिष्टाचार भेटवार्ता गरेका थिए ।

भारतीय विदेश सचिव मिश्रीले सोमबार उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह, उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक र परराष्ट्रमन्त्री आरजु राणासँग शिष्टाचार भेटवार्ता गरेका थिए ।

सोमबार नै उनले आफ्नो समकक्षी परराष्ट्र सचिव सेवा लम्सालसँग भेटवार्ता गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077