Jun 23 2026 | २०८३, आषाढ ९ गते

23 Jun 2026 | मंगलवार, आषाढ ९ गते २०८३

मंगलवार, आषाढ ९ गते २०८३
images
images

टीआरसी विधेयक आज सदनमा पेस हुँदै

टीआरसी विधेयक आज सदनमा पेस हुँदै

मंगलवार , श्रावण २९, २०८१

काठमाडौं । आज सत्य निरुपण तथा मेलमिलाप आयोग (टीआरसी) ऐन, २०७१ संशोधन गर्न बनेको विधेयक संसदमा पेस हुँदैछ ।

कानुन, न्याय तथा मानव अधिकार समिति सभापति विमला सुवेदीले आज दिउँसो १ बजे सो विधेयक संसदमा पेस गर्न लागेकी हुन् ।

संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठकमा ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१’ सदनमा पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।

उक्त विधेयकका विवादित बुँदामा सहमति जुटाएको तीन दलीय कार्यदलले एका साता अघि आफूले तयार पारेको प्रतिवेदन प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसमक्ष बुझाएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077