Jun 23 2026 | २०८३, आषाढ ९ गते

23 Jun 2026 | मंगलवार, आषाढ ९ गते २०८३

मंगलवार, आषाढ ९ गते २०८३
images
images

इन्सपेक्टर बमविरुद्ध मानव अधिकार आयोगमा उजुरी

इन्सपेक्टर बमविरुद्ध मानव अधिकार आयोगमा उजुरी

मंगलवार , श्रावण २९, २०८१

काठमाडौं । नेपाल प्रहरीका इन्सपेक्टर तिलकबहादुर बमविरुद्ध राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी परेको छ ।

आन्दोलनकारीमाथि अत्याधिक बल प्रयोग गरेको आरोपमा उनीमाथि कारबाही माग गरिएको छ ।

गत शनिबार नेपाल बिद्युत् प्राधिकरणका कार्यकारी कुलमान घिसिङको पक्षमा माइतीघरमा भएको आन्दोलनमा इन्सपेक्टर बमले केही अभियान्ताहरुमाथि बल प्रयोग गरेका थिए ।

सोम शर्मा लगायत केहीलाई भुईमा लडाएर मुक्काले हानेको भिडियो भाइरल भएको छ ।

भिड नियन्त्रणमा न्यूनतम बल प्रयोग गर्नुपर्नेमा नियन्त्रणमा लिएर कुटपिट भएपछि प्रहरी विवादमा परेको हो ।

इन्सपेक्टर बम नगर प्रहरीमा कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077