Jun 23 2026 | २०८३, आषाढ ९ गते

23 Jun 2026 | मंगलवार, आषाढ ९ गते २०८३

मंगलवार, आषाढ ९ गते २०८३
images
images

प्रधानमन्त्री ओलीले भने - सुन्दर भविष्यका लागि २० वर्षको आसपासमा विवाह गर्नुस्

प्रधानमन्त्री ओलीले भने - सुन्दर भविष्यका लागि २० वर्षको आसपासमा विवाह गर्नुस्

मंगलवार , श्रावण २९, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सुन्दर भविष्यका लागि २० वर्षको आसपासमा विवाह गर्न युवाहरुलाई आग्रह गरेका छन् ।

अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आयोजित नेपाल युवा सम्मेलनको समापन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।

उनले हाल जनसङ्ख्या वृद्धि दर पनि न्यून रहेकाले सुन्दर भविष्यका लागि २० वर्षको आसपासमा विवाह गर्न र छिटो सन्तान जन्माउन युवाहरूलाई आग्रह गरे ।

प्रधानमन्त्री ओलीले भने,‘उमेर छउन्जेल विदेशतिर गइराख्या हुन्छन्, त्यसो भएपछि जनसंख्या झन् घट्ने भयो, २०–३० वर्षको उमेरतिर बिहे गरेर बच्चा पाएपछि जबमा लागे पनि भो बाहिरतिर गए पनि भयो । कमसेकम छोराछोरी हुर्किंदै गर्छन्।’

उनले युवाले फ्युचर जेनेरसनबारे कुरा गर्ने गरेको भन्दै प्रश्न गरे ।

प्रधानमन्त्री ओलीले आगामी दिनमा नेपाल ज्येष्ठ नागरिकको मात्रै मुलुक बन्न सक्ने खतरा रहेकाले युवाहरूले यसका लागि सोच्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077