Jun 23 2026 | २०८३, आषाढ ९ गते

23 Jun 2026 | मंगलवार, आषाढ ९ गते २०८३

मंगलवार, आषाढ ९ गते २०८३
images
images

रानी नाका हुँदै नेपाल प्रवेश गर्न खोज्ने दुईजना बंगलादेशी नागरिक फिर्ता

रानी नाका हुँदै नेपाल प्रवेश गर्न खोज्ने दुईजना बंगलादेशी नागरिक फिर्ता

मंगलवार , श्रावण २९, २०८१

विराटनगर । विराटनगरको रानी नाका हुँदै नेपाल प्रवेश गर्न खोज्ने दुई जना बंगलादेशी नागरिकलाई फिर्ता पठाइएको छ ।

मोरङ प्रहरीका अनुसार एक पुरुष र एक जना वृद्धा महिलालाई फिर्ता पठाइएको हो ।

भारतको जोगवनीबाट नेपाल प्रवेश गर्न खोज्ने बंगलादेशको घाना गोदागाडीका ४९ वर्षीय करिम मोहम्मद रिजाउल र ६३ वर्षीया जायदा बेगमलाई दिउँसो १२:४५ बजेतिर फिर्ता पठाइएको मोरङ प्रहरीले जनाएको छ ।

भारतीय नागरिकको समूहमा मिसिएर अनधिकृतरूपमा नेपाल प्रवेश गर्न खोज्दै गर्दा प्रहरीले रिजाउल र बेगमलाई फेला पारेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077