Jun 23 2026 | २०८३, आषाढ ९ गते

23 Jun 2026 | मंगलवार, आषाढ ९ गते २०८३

मंगलवार, आषाढ ९ गते २०८३
images
images

आज पनि कैदीबन्दीसँग बयान लिँदै संसदीय विशेष समिति

आज पनि कैदीबन्दीसँग बयान लिँदै संसदीय विशेष समिति

बुधवार , श्रावण ३०, २०८१

काठमाडौं । सहकारीको रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न गठित संसदीय विशेष समितिले दुई सहकारीका सञ्चालकसँग आज पनि बयान लिने भएको छ।

कास्कीको पोखरास्थित जेलमा रहेका सूर्यदर्शन सहकारीका कोषाध्यक्ष कुमार रम्तेल र स्वर्णलक्ष्मी सहकारीका सञ्चालक भविश्वर अर्यालसँगको बयान मंगलबार नसकिएकाले बुधबार पनि लिन लागिएको हो ।

छानबिन समितिको बैठक केही बेरमा शुरु हुनेछ।

समितिले जेलमा रहेका पाँचजनालाई झिकाएर बयान लिइसकेको छ। थप दुई जनाको बयान लिने क्रम जारी छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077