Jun 23 2026 | २०८३, आषाढ ९ गते

23 Jun 2026 | मंगलवार, आषाढ ९ गते २०८३

मंगलवार, आषाढ ९ गते २०८३
images
images

मुख्यमन्त्री शाहलाई विश्वासको मत दिन एमालेको ह्वीप

मुख्यमन्त्री शाहलाई विश्वासको मत दिन एमालेको ह्वीप

बुधवार , श्रावण ३०, २०८१

धनगढी । नेकपा एमालेले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत दिन आफ्ना सांसदलाई ह्वीप जारी गरेको छ।

संसदीय दलको बैठकले प्रदेशसभामा अनिवार्य उपस्थित भई मुख्यमन्त्री शाहलाई विश्वासको मत दिन ह्वीप जारी गरेको हो ।

२० साउनमा मुख्यमन्त्रीमा नियुक्त भएका शाहले आज दिउँसो ३ बजे बस्ने प्रदेश सभाको बैठकमा विश्वासको मत लिने कार्यसूची रहेको छ ।

मुख्यमन्त्रीको विश्वासको मतबारे निर्णय गर्न सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेसले दिउँसो २ बजे बैठक बोलाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077