Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

युवा शक्तिलाई नेपालमै रोक्ने वातावरण बनाउनुपर्छ : शहरी विकासमन्त्री सिंह

युवा शक्तिलाई नेपालमै रोक्ने वातावरण बनाउनुपर्छ : शहरी विकासमन्त्री सिंह

शुक्रवार , श्रावण ३२, २०८१

काठमाडौं । शहरी विकासमन्त्री प्रकाशमान सिंहले विदेश पलायन भइरहेको युवाहरुलाई नेपालमै रोक्ने वातावरण बनाउनुपर्ने बताएका छन् ।

काठमाडौंको पुतलीसडकमा केसीसी एक्जिबिटको उद्घाटन गर्दै शहरी विकासमन्त्री सिंहले यस्तो बताएका हुन् ।

उनले राजनीतिक अस्थीरताका कारण समस्या देखिएकाले ठूला दल मिलेर सरकार बनाउनु परेको बताए ।

शहरी विकासमन्त्री सिंहले मुलुकलाई स्थीरता दिँदै देशमा देखिएको समस्या समाधान गर्न नयाँ सरकार बनाउने परिस्थिति आएको बताए।

उनले जनतामा देखिएका विभिन्न समस्याको समाधान गर्दै देशको विकास गर्न सरकारको ध्यान केन्द्रीत हुने धारणा राखे ।

अहिले देखिएका असन्तुष्टिहरूलाई लोकतान्त्रिक पद्दती अनुसार शान्तिपूर्ण माध्यमबाट समाधान गर्ने उनले बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077