Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

सुख्खा पहिरोको कारण अरनिको राजमार्ग अवरुद्ध

सुख्खा पहिरोको कारण अरनिको राजमार्ग अवरुद्ध

शनिवार , भाद्र १, २०८१

काभ्रे । काभ्रेपलाञ्चोकस्थित अरनिको राजमार्ग सडक खण्डमा सुख्खा पहिरो जाँदा बाटो अवरूद्ध भएको छ

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार शनिबार बिहान सडक खण्डमा सुख्खा पहिरो जाँदा बाटो अवरूद्ध भएको हो ।

डिएसपी राजमुकार श्रेष्ठका अनुसार शनिबार बिहान काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका-८ को ५३ किलो स्थित राजमार्ग सडक खण्डमा सुख्खा पहिरो गएको थियो।

ढुंगा झरेर दुई तर्फि सडक अवरोध हुँदा बाटो अवरूद्ध भएको छ। यस्तै, घटनास्थलमा प्रहरी टोलीले स्थानीय निकाय र सडक विभागसँग समन्वय गरी सडक खुलाउन पहल गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077