Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

आज तीनवटा सहकारी सञ्चालकको बयान लिँदै छानबिन समिति

आज तीनवटा सहकारी सञ्चालकको बयान लिँदै छानबिन समिति

शनिवार , भाद्र १, २०८१

काठमाडौं । सहकारी संस्थाको रकम अपचलन सम्बन्धमा सम्बन्धमा छानबिन गर्न गठित संसदीय विशेष समितिले शनिबार तीनवटा सहकारी संस्थाका सञ्चालकसँग बयान लिँदैछ ।

समितिको बैठक बिहान ११ बजेका बस्न लागेको हो ।

आज धरानको बराह बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक मान विश्वकर्मा ज्येष्ठ सहकारी संस्था लिमिटेड न्यूरोडका सञ्चालक मधुसुदन पाठक र कुमारी सहकारीका सञ्चालक सूर्यध्वज न्यौपानेसँग बयान लिने बताइएको छ ।

समितिले हालसम्म जेलमा रहेकासहित २१ जनाको बयान लिइसकेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077