Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

प्रधानमन्त्री ओलीले गरे ‘तेस्रो ग्लोबल साउथ समिट’लाई सम्बोधन

प्रधानमन्त्री ओलीले गरे ‘तेस्रो ग्लोबल साउथ समिट’लाई सम्बोधन

शनिवार , भाद्र १, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तेस्रो ग्लोबल साउथ शिखर सम्मेलनलाई सम्बोधन गरेका छन्।

भारतद्वारा आयोजित तेस्रो शृङ्खलाको ‘ग्लोबल साउथ समिट’ को उद्घाटन सत्रलाई आज प्रधानमन्त्री ओलीले भर्चुअलरुपमा सम्बोधन गरेका हुन् ।

उनले सम्मेलनलाई सम्बोधन गर्दै विश्वका १५ भन्दा बढी राष्ट्राध्यक्ष र सरकार प्रमुखहरूसँग मिलेर समावेशी भविष्य निर्माणको आह्वान गरेका छन्।

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल एक्समा एक पोस्ट गर्दै भनेका छन्, 'ग्लोबल साउथको आवाजलाई एकताबद्ध गरेर हामी सबैको हितमा भविष्य निर्माण गर्न सक्छौं ।'

प्रधानमन्त्री ओलीले आफ्नो सम्बोधनमा भारतीय समकक्षी नरेन्द्र मोदीको प्रयासको उच्च प्रशंसा गर्दै ग्लोबल साउथको आवाजलाई सुदृढ गर्न मोदीको प्रयासका लागि आभार व्यक्त गरे ।

तेस्रो ग्लोबल साउथ शिखर सम्मेलनमा सहभागी राष्ट्राध्यक्षहरूले विश्वव्यापी मुद्दाहरूमा विचार-विमर्श गर्दै ग्लोबल साउथ राष्ट्रहरूको सशक्तीकरण र सँगै अघि बढ्ने उद्देश्यलाई प्राथमिकता दिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077