Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

उद्योगको लाइन काटेर बस्नु भनेको घाँटी काट्नुसरह हो : उर्जामन्त्री खड्का

उद्योगको लाइन काटेर बस्नु भनेको घाँटी काट्नुसरह हो : उर्जामन्त्री खड्का

शनिवार , भाद्र १, २०८१

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले डेडिकेटेड तथा ट्रंकलाइनको बक्यौता नतिर्ने उद्योगमा विद्युत् काट्न नहुने बताएका छन् ।

शनिबार नेपाल विद्युत् प्राधिकरणको ३९औँ वार्षिकोत्सव कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

सरकारले उद्योगीले विद्युत् उपभोग गरेको रकम तिर्नु पर्दैन नभनेको उनले उल्लेख गरे । तिर्ने विषय न्यायोचित छ वा छैन भन्ने जिम्मेवारी राज्यले लिनुपर्नेमा उनले जोड दिए ।

बक्यौता रकम नतिर्ने उद्योगलाई दण्ड, सजाय र जरिवाना गर्ने विकल्प हुँदाहुँदै एकैचोटि विद्युत काट्न नहुने उनले बताए ।

उद्योगको लाइन काटेर बस्नु भनेको एउटा घाँटी काट्नुसरह भएको उनले टिप्पणी गरे ।

प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई उद्योगको लाइन नकाट्न उनले निर्देशन समेत दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077