Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

बाँकेमा दुई युवामाथि खुकुरी प्रहार, वडाध्यक्षसहित चार जना पक्राउ

बाँकेमा दुई युवामाथि खुकुरी प्रहार, वडाध्यक्षसहित चार जना पक्राउ

आइतवार , भाद्र २, २०८१

बाँके । खुकुरी प्रहारबाट बाँकेमा दुई युवा गम्भीर घाइते भएका छन्।

बैजनाथ गाउँपालिका-७ प्रशुरामपुरका २८ वर्षीय सुलभ मल्ल र राप्ती सोनारी गाउँपालिका-२ का २८ वर्षीय सन्दिप बिष्टमाथि एक समूहले खुकुरी प्रहार गरेको हो।

घाइतेमध्ये मल्लको बायाँ कोखामा र बिष्टको दुवै हातको कुममा गहिरो चोट छ। बिष्टभन्दा मल्लको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

घाइतेलाई थप उपचारका लागि भारतको लखनउ रिफर गरिएको छ। शनिबार बेलुकी ८ बजेतिर राप्ती सोनारी २ बिलौना चोकमा एक समूहले उनीहरूमाथि खुकुरी प्रहार गरेका थिए।

घटना सोधपुछका लागि राप्ती सोनारी गाउँपालिका-२ का वडाध्यक्ष ज्ञानु वलीसहित चार जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। प्रहरीले अन्य तीन जनाको नाम भने खुलाएको छैन।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077