Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

प्रधानमन्त्री ओलीसँग भेट्न नपाएको भन्दै वामदेवले पोखे दुखेसो

प्रधानमन्त्री ओलीसँग भेट्न नपाएको भन्दै वामदेवले पोखे दुखेसो

आइतवार , भाद्र २, २०८१

काठमाडौं । नेकपा राष्ट्रिय एकता अभियानका संयोजक एवं राष्ट्रियसभा सदस्य वामदेव गौतमले आफूले प्रधानमन्त्रीसँग भेट्न नपाएको गुनासो पोखेका छन् ।

राष्ट्रियसभाको विशेष समयमा बोल्दै गौतमले यस्तो दुखेसो पोखेका हुन् । उनले देश र जनताका विषयमा कुरा गर्न आफूले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्न खोजेपनि समय नपाएको गुनासो गरे।

सरकारका प्रमुखसँग कुरा गर्दा हुने विषयमा प्रधानमन्त्री ओलीसँग भेट गर्न समय नपाएकाले राष्ट्रियसभालाई गुहारेर धारणा राखेको गौतमले बताए ।

गौतमले नेपालको भौगोलिक बनावटका कारण प्राकृतिक प्रकोपका घटनाहरु धेरै हुने गरेको उल्लेख गरे ।

प्राकृतिक प्रकोपका घटना घट्नुभन्दा पहिले नै गर्नुपर्ने काममा विषयमा नेपालका राजनीतिक दलका नेताहरूको ध्यान जान नसकेको उनले बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077