Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

घुससहित पक्राउ परेका कृषि प्राविधिकविरुद्ध भ्रष्टाचार मुद्दा दायर

घुससहित पक्राउ परेका कृषि प्राविधिकविरुद्ध भ्रष्टाचार मुद्दा दायर

आइतवार , भाद्र २, २०८१

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले घुससहित पक्राउ परेका कृषि प्राविधिक अधिकृतसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

अख्तियारले दार्चुलाको शैल्यशिखर नगरपालिकाका कृषि प्राविधिक अधिकृत मोहन सिंह धामी र कृषि नायव प्राविधिक सहायक अशोक सिंह धामीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

अख्तियारले उनीहरूविरुद्ध आज विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

कृषि समूहको बिल भुक्तानी गर्दा कमिसन वाफत सेवाग्राहीसँग घुस लिएको पुष्टि हुन आएकाले उनीहरूविरुद्ध मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले बताए।

साउन १ गते अख्तियारलेको टोलीले प्राविधिक अधिकृत मोहनसिंहबाट ४ लाख १२ हजार नगद र प्राविधिक सहायक अशोकको नाममा काटिएको दुई लाख ५५ हजार (दुई थान चेक ) ९ लाख १२ हजारसहित दुवैजनालाई नियन्त्रणमा लिएको थियो।

अनुसन्धानका क्रममा सेवाग्राहीबाट घुस लिएको पुष्टि हुन आएकाले उनीहरूलाई ९ हजार १२ लाख बिगो कायम गरी सजायको माग गरिएको अख्तियारले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077