Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

मनमोहनपछि नेपालमा केपी ओलीले कम्युनिष्ट चिनाएको मन्त्री गुरुङको दाबी

मनमोहनपछि नेपालमा केपी ओलीले कम्युनिष्ट चिनाएको मन्त्री गुरुङको दाबी

आइतवार , भाद्र २, २०८१

काठमाडौं । नेकपा एमालेका उपमहासचिव एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपालमा मनमोहन अधिकारीपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्ट चिनाएको दाबी गरेका छन् ।

नेकपा एमाले बिगु गाउँपालिका–काठमाडौं सम्पर्क मञ्च (दोलखा) को तेस्रो सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन् ।

उनले २०५१ सालमा मनमोहन अधिकारीले नेतृत्व गरेको नमूना सरकार तथा २०७२ साल र त्यसयता एमालेका अध्यक्ष केपी शर्मा ओलीले फरक–फरक समयमा नेतृत्व गरेको सरकारले नेपालमा कम्युनिष्ट चिनाउनाका साथै कम्युनिष्टले राम्रो काम गर्छन् भनेर देखाउन सकेको बताए ।

तर, कम्युनिष्ट पार्टी (एमाले) बाटै प्रधानमन्त्री बनेका माधव कुमार नेपाल र झलनाथ खनाल नेतृत्वको सरकारले कुनै सम्झनलायक काम नगरेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077