Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

युक्रेनी सेनाले बनायो कुर्स्क क्षेत्रको तेस्रो पुल ध्वस्त

युक्रेनी सेनाले बनायो कुर्स्क क्षेत्रको तेस्रो पुल ध्वस्त

सोमवार , भाद्र ३, २०८१

एजेनसी । पछिल्लो समय युक्रेनी फौज रुसी क्षेत्रमा शसक्त रुपमा अघि बढिरहेको छ ।

रुसभित्र आफ्नो पकड बलियो बनाउने प्रयासस्वरुप युक्रेनी सेनाले कुर्स्क क्षेत्रमा रहेको सेइम नदीको पुल ध्वस्त पारेको छ ।

दुई देशका फौजबीच कुर्स्क क्षेत्रमा भीषण लडाइँ जारी छ । त्यसक्रममा युक्रेनी फौजले रणनीतिक महत्वको तेस्रो रुसी पुल ध्वस्त पारिदिएको छ । कुर्स्क क्षेत्रको कर्याज्ह गाउँमा सेम नदीमाथि बनाइएको पुल सोमबार ध्वस्त भएको बताइएको छ ।

त्यसअघि युक्रेनले सेम नदीमाथिका दुईवटा पुल ध्वस्त पारिदिएको थियो । ती पुल रुसी फौजले सरसामान आपूर्ति गर्न प्रयोग गर्दै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077