Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

एमाले मोडमा गाडी दुर्घटना, माओवादीबाट विजयी पालिका उपाध्यक्ष कार्कीको मृत्यु

एमाले मोडमा गाडी दुर्घटना, माओवादीबाट विजयी पालिका उपाध्यक्ष कार्कीको मृत्यु

मंगलवार , भाद्र ४, २०८१

सुर्खेत । हुम्लाको सर्केगाड गाउँपालिकाका उपाध्यक्ष चन्द्रसिंह कार्कीको मृत्यु भएको छ ।

सोमबार सुर्खेतबाट नेपालगन्ज जाँदै गरेको कर्णाली प्रदेश ०२००१ ख १०११ नम्बरको गाडी सुर्खेतको भेरीगंगा नगरपालिका वडा नम्बर-५ को एमाले मोडमा दुर्घटना हुँदा कार्कीको मृत्यु भएको हो ।

कार्कीलाई दुर्घटना लगत्तै उपचारका लागि नेपालगन्ज मेडिकल कलेज भेरी अस्पतालमा लगिएको थियो ।

उनको उपचारका क्रममा करिब राति दुई बजे निधन भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

उनी नेकपा माओवादी केन्द्रको तर्फबाट हुम्लाको सर्केगाड गाउँपालिकामा गत निर्वाचनमा उपाध्यक्ष निर्वाचत भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077