Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

पहिरोले आंशिक थुनिएको इन्द्रावती खुलाउने तयारी, सतर्कता अपनाउन अनुरोध

पहिरोले आंशिक थुनिएको इन्द्रावती खुलाउने तयारी, सतर्कता अपनाउन अनुरोध

मंगलवार , भाद्र ४, २०८१

काठमाडौं । सिन्धुपाल्चोकमा सुक्खा पहिरोका कारण आंशिकरूपमा थुनिएको इन्द्रावती नदी खुलाउन प्रयास सुरु भएको छ ।

पाँचपोखरी थाङपाल गाउँपालिकाका अनुसार पहिरो खुलाउन स्काभेटरले तिपेनी भन्ने ठाउँमा खोला अझ गहिरो बनाउने प्रयास भइरहेको हो ।

पहिरो झर्ने क्रम अझै रोकिएको छैन। नदीमा सोमबारको भन्दा धेरै पहिरो खसेको छ। पहिरो खुलाउन नेपाली सेनाको टोली पनि इन्द्रावती नदी पुग्दैछ। सेनाको टोली बम पड्काएर थुनिएको नदी खोल्न प्रयास गर्ने बताइएको छ ।

तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीय बासिन्दाहरुलाई उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077