Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

मोहना नदीको बहाब सतर्कता तह नजिक, सचेत रहन आग्रह

मोहना नदीको बहाब सतर्कता तह नजिक, सचेत रहन आग्रह

मंगलवार , भाद्र ४, २०८१

कैलाली । कैलालीको मोहना नदीको बहाब सतर्कता तह नजिक पुगेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार मालाखेती जलमापन केन्द्रमा राति ९ बजे नदीको जलसतह सतर्कता तह आसपास रहेको हो ।

विभागले नदीको बहाब बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्रमा भोलि बिहान ६ बजेसम्म सतर्कता अपनाउन आग्रह गरेको छ ।

विभागले जारी गरेको सूचनामा भनिएको छ, 'कैलाली जिल्लाको मोहना नदी मालाखेती जलमापन केन्द्रमा हाल जलसतह सतर्कता तह आसपास रहेको र बढ्दो रहेकोले नदी तटीय क्षेत्रमा रहनुहुनेहरु भोली बिहान ६ बजे सम्म सतर्कता अपनाईराखौँ।'

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077