Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

माओवादी केन्द्रको प्रदेशस्तरीय परामर्श समितिको बैठक आजबाट

माओवादी केन्द्रको प्रदेशस्तरीय परामर्श समितिको बैठक आजबाट

बुधवार , भाद्र ५, २०८१

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को प्रदेशस्तरीय परामर्श समितिको बैठक आजदेखि सुरु हुँदैछ ।

बैठक बुधवार बिहान ११ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्न लागेको हो ।

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरू, महासचिव, उपमहासचिवहरू र प्रदेशका पदाधिकारीहरू सहभागी हुने बताइएको छ ।

हालै सम्पन्न स्थायी समिति बैठकले केन्द्रीय समितिको पूर्ण बैठकको तयारीको सन्दर्भमा केन्द्रीय सदस्यहरू र प्रदेश पदाधिकारीका बिचमा व्यापक छलफलका लागि परामर्श बैठक बस्ने निर्णय गरेको थियो ।

सोही निर्णय अनुसार बागमती प्रदेशका केन्द्रीय सदस्यहरूको बैठक बस्न लागेको हो ।v

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077