Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

आज पोल्याण्ड र युक्रेन भ्रमणका लागि जाँदै भारतीय प्रधानमन्त्री मोदी

आज पोल्याण्ड र युक्रेन भ्रमणका लागि जाँदै भारतीय प्रधानमन्त्री मोदी

बुधवार , भाद्र ५, २०८१

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आज पोल्याण्ड र युक्रेन भ्रमणका लागि जाने भएका छन् । उनले अगस्ट २१ देखि २३ सम्म पोल्याण्ड र युक्रेनको भ्रमण गर्न लागेका हुन् ।

प्रधानमन्त्री मोदी २३ अगस्टमा युक्रेन जानेछन् । भारतीय प्रधानमन्त्रीले युक्रेन भ्रमण गर्न लागेको यो ३० वर्षमा पहिलो पटक हो। प्रधानमन्त्री मोदीको यो भ्रमण यस्तो समयमा भइरहेको छ जब युक्रेनले हालै रुसी सीमामा प्रवेश गरी आक्रमणलाई तीव्र बनाएको छ।

भारतीय प्रधानमन्त्रीले युक्रेन भ्रमण गर्न लागेको यो ३० वर्षमा पहिलो पटक हो। प्रधानमन्त्री मोदीको यो भ्रमण यस्तो समयमा भइरहेको छ जब युक्रेनले हालै रुसी सीमामा प्रवेश गरी आक्रमणलाई तीव्र बनाएको छ।

मोदीको भ्रमणलाई लिएर पोल्याण्डबाट पनि प्रतिक्रिया आएको छ । युरोपेली संसदका सदस्य डारियस जोन्स्कीले प्रधानमन्त्री मोदीको पोल्याण्ड भ्रमण राजनीति र व्यापारको दृष्टिकोणले हाम्रा लागि महत्वपूर्ण रहेको बताएका छन् ।

भारतीय विदेश मन्त्रालयले सोमबार जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्री मोदी अगस्ट २१ देखि २३ सम्म पोल्याण्ड र युक्रेनको औपचारिक भ्रमणमा जाने जानकारी दिएको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077