Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

भ्रष्टाचार निवारण विधेयक छिटो पारित गरिदिन गृहमन्त्री लेखकको आग्रह

भ्रष्टाचार निवारण विधेयक छिटो पारित गरिदिन गृहमन्त्री लेखकको आग्रह

बुधवार , भाद्र ५, २०८१

काठमाडौं । गृहमन्त्री रमेश लेखकले भ्रष्टाचार निवारण ऐन संशोधन विधेयक छिटो पारित गर्न आग्रह गरेका छन्।

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकले भ्रष्टाचार निवारण ऐन संशोधन विधेयक छिटो पारित गरिदिन आग्रह गरेका हुन् ।

गृहमन्त्री लेखकले विधेयकमा संशोधन गर्ने वा छलफल गर्ने कुरा पहिचान भइसकेको बताए । उनले अब टुङ्गोमा पुर्याउन समितिलाई आग्रह गरे।

विधेयकमा दफावार छलफल गरेर छिटो निर्णयमा पुग्न जरुरी भएको गृहमन्त्री लेखकको तर्क छ । तर विधेयक पारित गर्ने या नगर्ने समितिको अधिकार भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077