Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

पहिरो खस्दा पृथ्वी राजमार्ग पूर्ण रूपमा बन्द

पहिरो खस्दा पृथ्वी राजमार्ग पूर्ण रूपमा बन्द

बुधवार , भाद्र ५, २०८१

तनहुँ । तनहुँको घाँसीकुवामा बुधबार साँझ पहिरो खस्दा पृथ्वी राजमार्ग पूर्ण रूपमा बन्द भएको छ ।

प्रहरीका अनुसार घाँसीकुवामा करिब १५० मिटर माथिबाट ढिस्को खस्दा राजमार्ग बन्द भएको हो ।

अहिले पनि पहिरो खसिराखेको हुँदा तत्काल पन्छाउन सकिने अवस्था नभएको बताइएको छ । भोलि बिहानबाट मात्र पहिरो पन्छाउने तयारी गरिएको छ ।

पहिरो खसेसँगै पृथ्वी राजमार्गमा चल्ने सवारी साधनलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077